सभापति देउवाले ओली पथ पछ्याउन थालेको जस्तो छ : नेका नेता कोइराला

फारवेष्ट टाईम्स,
काठमाडौं, २७ असार ।
नेपाली काँग्रेस(नेका) का नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओली पथ नै पछ्याएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले ओली नेतृत्वको सरकारले संविधानमा भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर संविधान मिच्ने काम गरेको र त्यसको कांग्रेसले कडा ढंगले प्रतिवाद गरेको स्मरण गर्दै अहिले फेरि उक्त असंवैधानिक कदमलाई सरकारले निरन्तरता दिन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
सोमबार बाट सुरु भएको नेकाको केन्द्रीय समितिमा १२ बुँदे ध्यानाकर्षण गराउँदै शेखरले यस्तो प्रश्न गरेका हुन् । शेखरले स्थानीय तह निर्वाचनमा पार्टीले केही सिट जिते पनि पार्टीको आदर्श र सिद्धान्तलाई भने गुमाएको बताएका छन् । उनले तालमेलका नाममा महिला सहभागितालाई खुम्च्याउने काम भएको बताए । अब आउने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्दा पार्टी गम्भीर बन्नुपर्ने उनको सुझाव थियो ।

आदरणीय सभापतिज्यु,

बरिष्ठ नेता, पदाधिकारी तथा केन्द्रीय सदस्य साथीहरु !

१. हामी स्थानीय तहको निर्वाचन पश्चात प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा उभिएको छौँ । पछिल्लो केन्द्रिय समिति बैठकको लामो रस्साकस्सी पछि हामी तालमेल मार्फत स्थानीय तहको निर्वाचनमा गयौँ । तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्याउन खोज्दै छौँ ? स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पार्यौँ ।

अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो । त्यो पनि बिचार गर्न जरुरी छ । तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । तालमेलमा जानु पुर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाईनुपथ्र्यो । क्रियाशीलता, लोकप्रियता तथा वरिष्ठताको मापदण्ड बनाएर भुगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट बितरण गरिनुपर्थ्यो तर कतिपय स्थानमा त्यो हुन सकेन ।

२. विगतको तालमेल र आगामी निर्वाचनका बारेमा हामीले पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्याङ्कन गर्नैपर्छ । हामी यसबाट भाग्न सक्दैनौं । हामीलाई त्यस्तो छुट छैन । हामीले दूरदराजका कर्मशील र निष्ठावान साथीहरुलाई जवाफ दिनै पर्छ । कांग्रेसका हजारौं नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन् । यसै परिप्रेक्षमा आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्याैँ भने पार्टीका साथीहरुलाई न्याय गर्न सक्छौँ त ? यसबारे आगामी निर्वाचन भन्दा अगाडि यस बिषयमा गम्भिर र बिस्तृतरुपमा पार्टीभित्र छलफल गरिनु पर्छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गरौं भन्ने मेरो बिचार हो ।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *