सबैको समर्थन देखेर मेरो हिम्मत बढेको छ, म यो लडाइँबाट हट्ने छैन ” गायिका समिक्षा

गायिका अहिले नाबालिका नै छिन् । १७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ । जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ । लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा हत्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।

पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *