Breaking News

यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके ?’मेयर हर्कको प्रश्न ..

काठमाण्डौँ । सुनसरीको धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाले तुइन समस्या समाधानमा जनप्रतिनिधि गम्भिर नभएकोप्रति कडा आपत्ति जनाएका छन् ।

इतबार आफ्नो फेसबुकमा नेपालको तुइन समस्या र सर्वसाधारणको बाध्यता देखाउने एक तस्विर सार्वजनिक गर्दै उनले कडा आपत्ती जनाएका हुन् ।

उनी लेख्छन् ‘यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके? बेस्सरी गाली गर्नु मन लाग्छ यस्तो देख्दा, तर के गर्नु फेरि कुल्ली मेयर भनेर नाम पाएको छु । त्यसमा अराजक कुल्ली मेयर भनेर संशोधन होला भन्ने पिर

फोटोमा एक महिला ठुलो खोलामाथि तुइन्मा झुडिएर जोखिमपूर्ण यात्रा गरिरहेको देखिन्छ । मुख्यगरी सुदुरपश्चिम र कर्णालीका जनतामा यस्तो समस्या र बाध्यता छ । लामोसमय यही मुद्धालाई चुनाव जित्ने अष्त्र बनाए पनि चुनाव जितिसकेपछि जनप्रतिनिधिहरुले समस्यामाथि वेवास्ता गर्ने गरेका छन् । यो समस्याले बर्षेनी निर्दोष जनताले अनाहकमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । यो समस्यामाथि राज्य पनि गम्भिर बन्नु पर्नेमा त्यति गम्भिर भएको पाइँदैन

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *