भरतपुर अस्पतालको भर्‍याङमुनि भेटिएकी शिशु तीन दिनदेखि आमाको पर्खाइ गर्दै एनआईसीयूमा

जीवनमा सबैभन्दा नजिकको सम्बन्ध आमा र बच्चाको हुने गर्छ । दुवैबीचमा अद्भूत प्रकारको अटुट नाता र प्रगाढ माया हुन्छ । आमामा आफ्नो सन्तानप्रति मात्रै नभएर अन्य बालबालिकाप्रति पनि माया दिने र उनीको भावना बुझ्ने क्षमता

मानिसमा मात्र नभएर पशुमा पनि आफ्नो सन्तानप्रति माया हुन्छ तर चितवनमा निर्दयी आमा दुई दिने छोरी छाडेर बेपत्ता भएकी छिन् । अहिले ती शिशु भरतपुर अस्पतालको एनआईसीयूमा आमाको पर्खाइमा छट्पटाइरहेकी छिन् ।

भरतपुर अस्पतालमा आमाले आफ्नै सन्तान छाडेर हिँडेको तीन दिन बितेको छ । उनले अस्पतालको ‘सी’ ब्लकको भ¥याङमुनि छोरी छाडेर हिँडेकी थिइन् । बेवारिसे अवस्थामा फेला परेकी उनको शिशु भेटिँदा अन्दाजी एक दुई दिनको जस्तो देखिएकी थिइन् ।

तर, आज ती शिशु (छोरी) भेटिएकोे तीनदिन हुँदा समेत परिवारका सदस्य सम्पर्कमा आएका छैनन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्णप्रसाद पौडेलले तीन दिन भइसक्दा पनि शिशुको परिवारका सदस्य कोही पनि सम्पर्कमा नआएको बताउनुभयो

उनले अहिलेसम्म अस्पतालले एनआईसीयूमा राखेर उपचार गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतालले नै बच्चालाई आवश्यक कपडा, ल्याक्टोजिन पनि दिएको छ । त्यस्तै शिशुको हेरचाहको लागि भने अस्पतालले भरतपुर महानगरपालिकाको महिला सेलमा खबर गरेको र सोमबार महिला शाखाले खबर गर्ने उहाँको भनाइ छ ।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *