बागलुङ । बागलुङमा एक विद्यार्थी निर्घात कुटिएका छन् । कुटाइबाट उनी गम्भीर घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
ढोरपाटन नगरपालिका वडा नं १ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत तमानखोला गाउँपालिका वढा नं. २ बोङकाका १५ वर्षीय हिक्मत विक कुटाइबाट घाइते भएका हुन् ।
उनलाई बिहीबार विद्यालयकै प्राचार्य दीपक कुँवरले कुटपिट गरेको बताइएको छ । प्राचार्य कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****