नायिका सुरक्षा पन्तलाई बधाईको ओइरो

अभिनेत्री सुरक्षा पन्तले गत महिना फ्रान्समा आयोजित विश्वकै प्रतिष्ठित फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ सहभागी अवसर प्राप्त गरेकी थिइन् । उनले सो अवसर अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ का कारणले प्राप्त गरेकी हुन् ।

सो अवसरमा उनले रेड कार्पेटमा हिँड्ने मौका समेत हासिल गरेकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली सेलिब्रेटी

उनको यहि विषय लोकसेवा आयोगले अधिकृतको प्रश्न पत्रमा समेत सहभागी गराएको छ । प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो ? भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम छ

सुरक्षाले आफ्नो विषयबारे लोकसेवा परीक्षामा प्रश्न बनेको भन्दै प्रश्नपत्रसहित सामाजिक सञ्जालमा खुसी ब्यक्ति गरेकी छन् । उनले लेखेकी छन्, ‘लोकसेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण ।’ त्यसपछि एकाएक उनका फ्यानले उनलाई बधाइको ओहिरो दिईरहेका छन् ।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *