नवलपुर | पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ मा केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती ५ निवासी नवलसिंह झेडीको निधन भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेको थियो ।
बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको भए पनि अस्पताल पुगेको केही बेरमै स्वास्थ्यकर्मीले बालकको निधन भएको घोषणा गरेको थियो ।
यो पनि
काभ्रेमा पाँचजनामा कोरोना पुष्टि
काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो। काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान गर्न सकिन्छ’ कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले भने उनकाअनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिने छ।