धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने भएका छन्।मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागेका हुन् ।
बिहीबार बसेको धरानको कार्यपालिकाले बैठकले मेयरको सुविधाको लागि किनिएको गाडी किनेर रोलर किन्ने निर्णय गरेको हो। बैठकमा मेयर साम्पाङले आफ्नो लागि प्रयोग हुने गाडी बेचेर रोलर किन्न प्रस्ताव गरेका थिए। त्यसलगत्तै यो प्रस्ताव पारित भएको हो ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत मेयरका लागि भनेर किनेको गाडी नगरको विकासका लागि प्रयोग गर्ने घोषणा गरेका छन् । मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।
साङपाङले भने स्वतन्त्र उम्मेदवार भएर जितेको मेयरलाई वडाध्यक्षहरूले विभिन्न बहाना गरेर असफल बनाउन खोजेको आरोप लगाए । उनले आफूलाई ‘स्वतन्त्र भनेर हेपेको’ समेत टिप्पणी गरे ।