रौतहट, सुनसरी, दाङ, स्याङ्जा, चितवन र मोरङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिका–७ सिसवास्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट आइतबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय नन्दकिशोर पाण्डे रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका नन्दकिशोरको जिल्ला सरकारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगन्जस्थित सडकमा को.२ त २१५८ नम्बरको ट्रयाक्टरले को.२८ प ९३९९ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगन्ज गाउँपालिका–४ बस्ने ५५ वर्षीया जयमुन खातुन रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका–८ चिउरीस्थित सडकमा ग.१३ प ६०७४ नम्बरको स्कुटर आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १७ वर्षीय धन बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क नजिक सडकमा ना.५ ख ८४९७ नम्बरको ट्रकले ना.२६ प ४८५१ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार ईच्छाकामना गाउँपालिका–३ बस्ने २० वर्षीय सन्दिप गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।