कालिकोटमा लक्ष्मीको पाँच तले घर भत्किँदा छ जना घाइते

कालिकोट, २७ असार :

कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् ।

घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *